Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बिहिबार रातीको हावाहुरीका कारण दुईको मृत्यु, ७५ भन्दा बढी घाइते

सेती – बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६र२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् ।

बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरले जानकारी दिएको छ ।

यस्तै कैलाली आसपासमा जम्मा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका छन् । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको अहिले सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE