Date
शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक किशोर प्रहरीलाई झुक्याएर फरार

सवाल सम्वाददाता
बाग्मती- बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पताल परिसरबाटै फरार भएका छन ।

हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएको प्रहरीले पुष्टि गरेको हो ।

स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर फरार भएका हुन् ।  अनुसन्धानकै क्रममा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ महानगरीय प्रहरी बृत महाराजगन्जको थुनुवा कक्षमा थिए । फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE