नेकपाका दुवै पक्ष केही दिनमै नाँग्गिनेछन् : गगन थापा
१६ माघ
काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्यूनिष्ट पार्टी केही दिनमा नै नाँग्गिने बताउनुभएको छ । नेता थापाले नेकपामा उल्झिएको विवादमा कसैले नबोलेपनि एकले अर्काको भण्डाफोर गरिरहेको बताउनुभयो ।
काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले संविधानमाथि गरिएको प्रहारमा सर्वोच्च अदालतले न्याय गरेको देखिनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको र जनताले सर्वोच्चले न्याय दिएको हेर्न चाएको बताउनुभयो ।
‘नेकपाको विवादबारे अहिले कसैले नबोलेपनि केही दिनपछि एकले अर्कोलाई नँग्याउने क्रममा दुवै पक्ष सर्वाङ नाँग्गिने छ’ उहाँले भन्नुभयो । साथै, उहाँले आजको मूल प्रश्न संविधानमाथि गरिएको घात भएको र संविधानलाई मूल ट्रयाकमा फर्काउनुपर्ने नै भएको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE