Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रचण्ड-माधव समूहको प्रेस संगठन इन्चार्जमा भट्टराईलाई जिम्मेवारी

१० फागुन
काठमाडौं –
नेकपा प्रचण्ड(माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज जिम्मेवारी दिएको छ ।

पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिनु भएको हो ।

संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज छन् ।

महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताउनु भयो ।

केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०र५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE