विप्लव समुहद्वारा प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या
२३ मंसिर
काठमाडौं – मोरङको मिक्लाजुुङमा विप्लव समुहले विद्यालय प्रधानाध्यापकको अपहरण पछि हत्या गरेका छन् । विप्लव समुहले मंगलबार बिहान ६स्४५ बजेतिर प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि लगेको र त्यसको केही समयपछि गोली हानेर हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । ।
उनको टाउकोमा गोली लागेको मोरङ प्रहरीले बताएको छ । श्रेष्ठ सरस्वती आधारभूत स्कुलका मिक्लाजुङ गाउँपालिका(१ बर्खेका प्रधानाध्यापक भएको खुलेको छ ।
उनलाई सुरकी गर्ने गरेको आरोपमा गोली हानी हत्या गरेको भन्ने प्रारम्भीक अनूशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको अपहरणपछि हत्या भएको मृतकका भतिजाले प्रहरीमा खबर गरेपछि थाहा भएको हो । उनको घरबाट करिब ३० मिनेट पर जंगलमा हत्या भएको बताइएको छ ।
हत्यामा विप्लव समुहको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ । थप अनुशन्धानका लागि प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE