Date
सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सरकारी कार्यालयको साइनबोर्डमा ‘आइ लभ यु प्रमिला’

१७ चैत, काठमाडौँ-रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्डमा ‘आइ लभ यु प्रमिला’ लेखिएको छ ।

कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर  ‘i love u parmila, i really love you’ लेखिएको छ ।

नगरपालिकाले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जनाएको छ । नगरपालिका स्रोतले ह्याकरले डिजिटन साइनबोर्ड ह्याक गरेर यस्तो लेखेको जनाएको छ ।

नगरपालिकाले यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको पालिकाले जनाएको छ ।

केही दिनअघि भरतपुरको विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा देखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE