Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बढ्दै कोरोना संक्रमण, सार्वजनिक स्थानमा भीडभाड अझै उस्तै

बढ्दै कोरोना संक्रमण, सार्वजनिक स्थानमा भीडभाड अझै उस्तै

मनिष रञ्जन बराल
१९ साउन, काठमाडौं– पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेपछि नेपालमा पुनः कोरोना महामारी उत्कर्षमा पुग्ने सङ्केत देखिएको छ ।

कोरोना संक्रमण घट्न थालेपछि सरकारले निषेधाज्ञा केही खुकुलो बनाएको थियो । यद्यपि निषेधाज्ञा खुकुलो भएपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको भीड बढ्दै गएको छ । भीडभाडमा पनि सर्वसाधारण बिना मास्क नै हिँडेको देखिन्छन् ।

 

 

यता दैनिक २० प्रतिशतसम्मको घटेको कोरोना संक्रमणदर अहिले बढेर २५ प्रतिशतसम्म पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । पछिल्लो समय कोरोना संक्रमण बढ्नुमा सर्वसाधारणको लापरवाही, स्वास्थ्य मापदण्ड पालना नगर्नु र सार्वजनिक यातायातमा भीडभाड हुनु रहेको स्वास्थ्य मन्त्रालयले पटक–पटक विज्ञप्ती जारी गरेर बताएको छ । मन्त्रालयले केही दिन अघिमात्र पनि अहिलेको अवस्था रहेमा तेस्रो लहर चाँडै आउन सक्ने बताएको थियो ।

 

 

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको आउनसक्ने बताउँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने आँकलन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE