किसानलाई अनुदानको ब्यवस्था गर्ने दोरम्बा गाँउपालिकाका अध्यक्ष मोक्तानको प्रतिवद्धता
१९ जेठ, रामेछाप – दोरम्बा गाँउपालिकाका अध्यक्ष कमासिंह मोक्तानले किसानको हौसला बढाउन अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दोरम्बा शैलुङ गाउँपालिका १ नं वडा मेग्रे नर्सरीको अनुगमन पछि अध्यक्ष मोक्तानले सो प्रतिवद्धता गर्नुभएको हो । 
उहाँले दोरम्बा किवीको लागि अति नै उत्कृष्ठ भूमि रहेको र सो नर्सरीमा लाखौंको किवी बिरुवा उत्पादन हुँदै गएको देखेर किसानको हौसला बढाउन आवश्यक ठानेको बताउनुभयो । हाम्रो यस ठाँउमा किवी राम्रो उत्पादन हुन्छ, किसानलाई सो खेती तर्फ उन्मूख गराउन प्रोत्साहनको आवश्यक ठान्छु, उहाँले भन्नुभयो । साथै सो नर्सरीको उत्पादनले नै परिणाम उत्साहजनक देखाएको उहाँको भनाई छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE