खोप दिने घोषणा गरेपछि कांग्रेस सभापति देउवाद्वारा वाइडेनलाई धन्यावाद ज्ञापन
खोप दिने घोषणा गरेपछि कांग्रेस सभापति देउवाद्वारा वाइडेनलाई धन्यावाद ज्ञापन
२१ जेठ, काठमाडौं– अमेरिकाले नेपाललाई कोरोना खोप दिने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।
सामाजिक संजाल ट्वीटरमार्फत सभापति देउवाले अमेरिकी राष्ट्रपतिलाई धन्यावाद दिनुभएको हो । सभापति देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताउनुभएको छ ।
अमेरिकाले हिजोमात्रै नेपाललगायत एसियाका विभिन्न मुलुकलाई ७० लाख खोप वितरण गर्ने घोषणा गरेको छ । नेपालले कति खोप पाउँछ भन्नेबारे हालसम्म कुनै जानकारी आएको छैन ।
Thank you @POTUS for your decision to provide COVID-19 vaccines to Nepal. I believe this valuable support will further strengthen the long-cherished Nepal-US friendship. ?
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 4, 2021
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE