प्राविधिक रिपोर्ट नआई उड्यो बुद्ध एयरको जहाज
१२ आश्विन,काठमाडौँ – सोमबार बुद्ध एयरको समस्या देखिएको जहाज आज विहानै उडान भरेको छ । बुद्ध एयरले जहाजमा के कसरी समस्या आयो भन्ने कुराको रिपोर्ट नआई आज विहानबाटै उडान भरेको हो । बुद्धको (एन–एएनआइकलसाइन)को जहाज विराटनगरमा समस्या देखिएपछि पुनः पाइलटले काठमाडौं ल्याएर सफल अवतरण गराउनुभएको थियो ।
जहजसमा समस्या देखिएपछि पर्यटन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण (क्यान) तथा स्वयम बुद्ध एयरले नै त्यसको जाँचबुझ गर्ने भनेका थिए । क्यानले त प्राविधिक टोलीसहितको छानविन समिति नै खडा गरेको थियो तर, छानविनको रिपोर्ट नआउँदै जहाजले उडान भरेको छ ।
जहाजले उडान भर्नुमा क्यानको प्राविधिक टोलीले जहाजको प्राविधिक अवस्था हेरेर उड्न योग्य भएको भनेकाले उडान अनुमति दिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताउनुभयो। उहाँका अनुसार हिजो नै क्यानको प्राविधिक टोलीले समस्या आएको बुद्ध एयरको जहाजको प्राविधिक निरीक्षण गरेको थियो । ‘सायद टोलीले जहाज ग्राउण्डेड गर्नु पर्ने समस्या नदेखेकाले होला उडान अनुमति दिएको,’ उहाँले भन्नुभयो । प्राविधिक टोलीले अनुमति नदिइकन कुनै पनि हालतमा जहाज नउड्ने उहाँको जिकिर थियो ।
टीआईएका प्रवक्ताले प्राविधिक टोलीको अनुमतिसँगै जहाज उडेको भनिरख्दा यता सरोकार वालाले भने कम्पनीले जर्वजस्ती छानविन कमिटीको रिपोर्ट नआइकन जहाज उडाएको बताउनुभएको छ । बुद्ध एयरले कम्पनीले यात्रुको सुरक्षामा कुनै संझौता नगर्ने भने पनि हिजो विहान पोखरा उडेको विमानमा समस्या देखिएपनि त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको टीआइएका कर्मचारी बताउँनुहुन्छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE