Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

एमाले बैठक आज बस्दै, खनाल-नेपाल पक्षमाथि थप कारबाही होला त ?

१० वैशाख, काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसअघि बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधवकुमार नेपाल पक्षका २७ जना संघीय सांसद र पाँचजना कर्णाली प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको थियो । सांसदहरुले स्पष्टिकरण बुझाइसकेका छन् । अघिल्लो बैठकमा नै स्पष्टिकरण आएपछि कारबाही प्रक्रियाबारे निर्णय गर्ने बताइएको थियो ।

यसविचमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीले नेता माधवकुमार नेपाललाई दुईपटक भेट गरिसकेका छन् भने नेता बामदेव गौतमसँग एकपटक भेट गरेका छन् । प्रधामन्त्री ओलीसँगको भेटले पार्टी भित्रको विवाद समाधान गर्ने बाटो नसमातेको नेता नेपालले टिप्पणी गरेका छन् ।

आजको बैठकले नेपाल पक्षमाथि के–कस्तो कारबाही गर्छ या गर्दैन भन्ने आम चासोको विषय बनेको छ । नेपाल पक्षभने बैठकमा सहभागि नहुने एक नेताले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE