Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

कोभिड-१९ : करिब ८ करोड ५० लाख डोज भ्याक्सीन निकाल्ने प्रयासमा अष्ट्रेलिया

स्वीकृति दिएमा २०२१ मा भ्याक्सिन निःशुल्क वितरण गर्ने गरि सम्झौता

२२ भाद्र 

काठमाडाैँ – अष्ट्रेलियाले यदि दुईवटा आशाजनक परीक्षण सफल भएमा करिब ८ कारोड ५० लाख डोज कोरोना भाईरसको भ्याक्सिन निकाल्न सक्ने जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने छन्, ‘यदि हामीलाई प्रयोग गर्न स्वीकृति दिएमा सन् २०२१ मा भ्याक्सिन निःशुल्क वितरण गर्ने गरि सम्झौता भएको छ ।’ मोरिसनले यसका लागि करिब १ दशमलब ७ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरेका छन् ।

उक्त भ्याक्सिन उत्पादन गरेमा आगामी जनवरीबाट अष्ट्रेलियाका २ करोड २० लाख मानिसले साे भ्याक्सिन प्रयोग गर्नेछन, तर यसले सत प्रतिशत काम गर्छ भन्ने ग्यारेन्टी नभएकाे  उनले उल्लेख गरेका छन्, ‘तथापी हाम्रा स्वास्थ्य विषेशज्ञहरुले यसलाई ग्रीन सिग्नल दिएभने यसले अष्ट्रेलियालाई विश्वमा नै उचाइमा पुर्याउने छ’ प्रधानमन्त्री मोरिसनले भने ।

दुईवटा भ्याक्सिन मध्ये एउटा अक्फोर्ड विश्वविद्यालय र एस्ट्रोजेनेका भन्ने औषधि कम्पनीकाे उत्पादन हो भने अर्को अष्ट्रेलियाको विश्वविद्यालय ‘युनिभर्सिटी अफ क्वीन्सल्याण्ड र सिएलएल’को हो । संक्रमितले यि दुबै भ्याक्सिन लिनै पर्ने हुन्छ ।

अष्ट्रेलियाले पछिल्लो २ महिनामा करिब २६ हजार कोरोना संक्रमित तथा ७ सय ६९ कोरोनाबाट मृत्यु भएकाहरुको केस स्टडी रेकर्ड गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE