Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सर्वोच्च बारले भन्यो चोलेन्द्रमाथिको महाभियोग सकारात्मक

१ फागुन, काठमाडौँ -सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रूपमा लिएको जनाएको छ ।

आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ ।

‘प्रतिनिधिसभाका ९८ जना माननीय सदस्यहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरी न्यायालयमा भएका विकृति, विसङ्गति तथा भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमले न्यायालय भित्रका समस्याको समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यस बारको ठम्याइ छ’ विज्ञप्तिमा जनाइएको छ

WRITE COMMENTS FOR THIS ARTICLE