Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

बागलुङमा लैङ्गिक हिंसा बिरुद्द अभियान

विश्व मानव अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियान बागलुङ जिल्लाको दक्षिण भेग जैमिनि नगरपालिकामा यक समारोह बिच जुलुस तथा अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा बागलुङ जिल्लामा मानब हिंसा र गंभिर प्रकारको मानव अधिकार महिला हिंसात्मक घटनाहरु बढेको तर यसको लागि उल्लेखनिय काम हुन नसकेको कार्यक्रममा बोल्ने सहभागिले बताए ।

कार्यक्रममा बोल्दै जैमिनि नगरपालिका प्रमुख ईन्द्रराज पौडेलले मानव अधिकार सुनिश्चित गर्न आधा धर्ति ओगटेका महिलाहरु माथि हुने हिंसा अन्त्य गर्न सबै लागि पर्नु पर्ने बताउनु भयो। उप प्रमुख  लिला रानाले हिसा रोकथाम गर्न प्रदेश र स्थानिय तह बाटै नीति बनाई काम गर्नुपर्नेमा नगरले भुमिका खेल्ने प्रतिबद्दतता ब्यक्त गरे।  प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले कसैले पनि हिंसा नगर्ने र हिंसा नसहन आब्हान गर्नु भयो।  उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा महिला मानव रक्षक रुद्रा के। सि। ले कार्यपत्र प्रश्तुत र  महिला मानव अधिकार रक्षक संजाल बागलुङका कार्यकारी सचिब यवं अभियान्ता  ज्ञानु थापा मगरले कार्यपत्र माथि टिप्पणि गर्दै  सबै सहभागिहरुको जिज्ञासा लाई स्पष्ट पार्नु भयको थियो। कार्यक्रममा सिवाईसि नेपाल, सामुदायिक बन उपभोक्ता माहासंघ, जैमिनि नगरपालिका, वडा कार्यालयहरु, सुभेक्षा एफ एम, सत्कर्म नेपाल लगायतले ब्यानर पर्दसनि सहित आफ्नो धारणा राख्नु भएको थियो।  स्थानिय नागरीक समाजको  सहभागिता रहेको कार्यक्रम जैमिनि नगरपालिकाले संयोजन गरेको थियो।

 

यसै गरि बागलुङ जिल्लामा पनि विभिन्न मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर दिवस लाई ऐक्यबद्दता जनायको सत्कर्म नेपालका अभियान्ता सिताराम थापाले नेपाल पत्र न्युज लाई जानकारी दिनु भयो। सत्कर्म नेपालका मानव अधिकार अभियान्ता सिताराम थापाले द्दन्द पिडितहरुको समस्या समाधान नभयको १२ बर्षमा खोला फर्कने बेलामा बिस्तृत सान्ति सम्झौता अझै ओझेलमा परी बिश्वसामु नेपाल दणेडहिनतामा फसेको दाबि गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE