Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई बेवास्ता गर्‍यो : प्रचण्ड

८ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई  बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार  विपत् व्यवस्थापन र जानकारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या हल गर्न र विकास निर्माणको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारले नचाहेको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले चितवनलाई एउटा जिल्ला हो भन्ने भन्दा पनि प्रचण्डको गृहजिल्ला भनेर छुट्याएको बताउनुभयो । उहाँले चितवनमा विकास भयो भने प्रचण्डले फाइदा उठाउँछ भनेर ओली सरकारले चितवनलाई उपेक्षा गरेको टिप्पणी गर्नुभयो ।

भरतपुरलाई स्मार्ट सिटीको रूपमा विकास गराउन बारम्बार आग्रह गर्दा पनि सरकारले बजेट विनियोजन नगराएको उल्लेख गर्नुभयो  । मंगलबार बिहान  उहाँले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE