आज नेपाल र अमेरिका भिड्दै
२८ भदौ, काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ । ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ । सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।
सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।
नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।
खेल तालिका
नेपाल भर्सेस अमेरिका – भदौ २८
ओमान भर्सेस नेपाल – भदौ २९
ओमान भर्सेस अमेरिका – भदौ ३१
नेपाल भर्सेस अमेरिका – असोज १
ओमान भर्सेस नेपाल – असोज ३
ओमान भर्सेस अमेरिका – असोज ४
सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे
स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE