जाजरकोटबाट अवैध लागुऔषध सहित २ जना पक्राउ

२५ साउन, काठमाडौँ-जाजरकोटको खंलगामा अवैध लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो खलंगा बाट नेपालगंज जादै गरेको भे.१ ज ९०७ नम्बरको बोलेरो जिपमा अवैध लागू औषध (चरेस) लिएर गएको गोप्य सूचना पाए पछि प्रहरीले चेकजाँच गर्दा उक्त सामाग्री फेला परेको हो ।
जाजरकोट भेरी नगरपालिका शान्ति चौतारामा रहेको ट्राफिक पोस्टमा चेकजाँच गर्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शंकास्पद २ जना व्यक्तिहरु जिपबाट झरेर पैदल हिडिरहेको अव्यवस्थामा सोधपुछ गर्दा उनीहरुको साथबाट अबैध लागुऔषध् फेलापरेको प्रहरीले जनाएको छ । उनीहरुलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लगि जिल्ला प्रहरी कार्यालयमा थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३१ बर्षिय मुस्ताबिन अहमद र नेपाली नागरिक २० बर्षिय उबेद खान रहेका छन् । उनिहरु बाट १ किलो चरेस, भारतीय रुपैयाँ ४५ हजार ५ सय, मोबाइल एक थान र नेपाली रुपैया ५ हजार बरमाद गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE