Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

खोलाको दहमा डुबेर एकको मृत्यु

६ जेठ, काठमाडौँ – पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनका एक पुरुषको खोलाको दहमा डुबेर मृत्यु भएको छ । ५८ वर्षीय पदमध्वज नेम्बाङलाई निबु खोलाको दहमा मृत अवस्थामा भेटिएको थियो ।

नेम्बाङलाई बुधबार राति नौ बजे निबुखोलाको दहमा मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी दानबहादुर थापाका अनुसार नेम्बाङको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर ल्याइको छ ।

घटनाको प्रकृति हेर्दा नेम्बाङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE