कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका काठमाडौंद्वारा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
२७ असोज
काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका र चार जना कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि अर्को सूचना नआएसम्मका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरेको छ ।
जिल्ला प्रशासनले मंगलबार (आज) प्रेस विज्ञप्ती राजी गर्दै संक्रमणको जोखिम बढेको र ४ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि यस्तो निर्णय गरेको जनाएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चार जना कर्मचारीमा समेत कोरोना पुष्टि भइसकेको साथै सेवाग्राहीको भीडभाड अत्याधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलिनसक्ने उच्च जोखिम रहेका कारण कोभिड १९ को संक्रमणले भयाभह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला संकट व्यवस्थापन केनद्र डीसीसीएमसी, सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफल परामर्श एवं निष्कर्षका आधारमा भोलि ९२८ गते०बाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरिएको छ ।’
त्यस्तै, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धी सेवा, विपद् व्यवस्थापन सम्बन्धी सेवाहरु भने नियमित सञ्चालनमै रहने जिल्ला प्रशासनले जनाएको छ ।
तर, नयाँ नोपली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नविकण, संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरणलगायतका सेवाहरु भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसका साथै, कोरोनाका लक्षण देखिएका वा रुघाखोकी लागेका व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । त्यस्तै, जारी विज्ञप्तीमा सामाजिक दूरी अनिवार्य कायम राख्नुपर्ने, कार्यालय परिसरभित्र रहेको स्यानिटाइजर प्रयोग गर्ने वा साबुन पानीले अनिवार्य हात धुनुपर्ने पनि उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE