हुम्लाको यारी र हिल्सामा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनौट
हुम्लाको यारी र हिल्सामा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनौट
११ फागुन
काठमाडौं-सिमकोट(नाम्खा गाउँपालिकाको सोलार मिनी ग्रीड निर्माणका लागि तेस्रो पटकको विज्ञापनपछि बोल(कबोल अनुसार न्यूनतम बोलकबोल निर्माण कम्पनीको मुल्याङ्कन दुईवटा छनौट भएका छन्।
यसअघि दुई पटा सूचना गर्दा सोलार मिनी ग्रीडका लागि बिनियोजित बजेटभन्दा बढी बोलकबोल हुँदा सूचना रद्द भएका थिए ।
तेस्रो पटकको सुचनापछि न्यूनतम बजेट दावी गर्ने दुई वटा कम्पनी छनौट भएको ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले जानकारी दिए । जसमा सुर्योदय उर्जा प्रा।लि। काठमाडौ र हिम ईलेक्टेनिक्स प्रा।लि। काठमाडौ छनौट भएका छन्।
हिल्सामा १०१ घरधुरीका लागि एक सय किलोवाटको सोलार मिनी ग्रीड बन्ने छ भने यारीका लागि पचास किलोवाटको मिनी ग्रीड निर्माण हुनेछ। यसका लागि यारीका लागि दुई करोड साठी लाख ५८ हजार र हिल्साका लागि तीन करोड ७९ लाख ४८ हजारमा निर्माण कम्पनीसंग आयोजनाले सम्झौता गर्ने भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE