नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो, हरित हाइड्रोजनलाई चाहिने इलेक्ट्रोलाइजर बजारमा
१३ फागुन, काठमाडौँ–नेपालको हाइड्रोजन सम्भावनालाई साकार बनाउन प्रस्ताव गरेको भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउन सुरु गरेको छ । शतप्रतिशत भारतमै बनेको प्रविधिलाई उसले व्यवसायीकता प्रदान गरेको हो । मेक इन इन्डिया पहल अन्तर्गत ग्रीनजो इनर्जी इन्डियाले काम जारी राखेको छ । हालैमात्र ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले १ मेगावाट क्षमताको अल्कलाइन इलेक्ट्रोलाइजरको व्यावसायिक उपलब्धता सुरु गरेको हो । भारतमा पूर्ण रूपमा तयार गरिएको यो अत्याधुनिक प्रविधिले दिगो ऊर्जामा महत्वपूर्ण योगदान दिएको छ ।
के हो इलेक्ट्रोलाइजर र ?
इलेक्ट्रोलाइजर यस्तो मेसिन हो, जसले पानीबाट प्रशोधन गर्दै विद्युतीय प्रवाहको प्रयोगबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजित गर्दछ । नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ, उक्त ग्यास नै हरित हाइड्रोजन हो ।
ग्रीनजो इन्डियाले अहिले यही इलेक्ट्रोलाइजर उत्पादन गर्दै हरित हाइड्रोजन बनाउन योगदान दिएको छ । २५० मेगावाटको प्लान्ट क्षमताका साथ, ग्रीनजोको इलेक्ट्रोलाइजर ऊर्जा उत्पादनका क्षेत्रमा महत्व सावित भएको छ । उर्जाको दिगोपनका लागि पनि यो विशेष मानिएको छ । भारतमै बनाइएकाले अल्काइन इलेक्ट्रोलाइजर नेपाल जस्ता मुलुकका लागि सस्तो र सरल बन्न सक्छ ।
ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि अत्याधुनिक इलेक्ट्रोलाइजर उत्पादन गर्नमा आफूलाई अगुवा बनाएको छ ।
नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतालाई थप विस्तार गर्दै, ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले सानन्द, औद्योगिक क्षेत्र, जीआईडीसी अहमदाबाद, गुजरात, भारतमा रहेको कारखानाबाट काम गरिरहेको छ । कम्पनीले क्षरीय–आधारित प्रविधिको ६ मेगावाट एकल स्ट्याक उत्पादन गर्ने योजना घोषणा गरेको छ । यो विस्तारले दिगो ऊर्जाको बढ्दो माग पूरा गर्न स्केलेबल समाधानहरूको कम्पनीको अथक खोजलाई प्रष्ट पारेको छ ।
ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले विश्वव्यापी स्तरमा प्रगति र दिगोपनलाई अगाडि बढाउँदै स्वच्छ ऊर्जा प्रविधिमा विशिष्ठता हासिल गर्दै छ । उसले अब नेपालको हरित हाइड्रोजनमा टेवा दिन चाहेको छ । सरकारले आगामी लगानी सम्मेलनमा स्थान दिए नेपालमा यो क्षेत्रमा लगानीका लागि आतुर रहेको प्रष्ट्याएको छ । यो कम्पनीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपालको हरित हाइड्रोजनमा लगानी गर्न आतुर रहेको जानकारी दिनुभएको छ । उहाँले सस्तो र सुलभ तरिकामा नेपालमा अत्याधिक हरित हाइड्रोजन उत्पाद गर्न सकिने बताउनुभएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE