Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

११ जेठ, काठमाडौँ – कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी केन्द्रका नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उहाँलाई  सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउनुभएको थियो

उपचारकै क्रममा उहाँको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँलाई गोली हान्ने दुई युवा पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई बिहीबार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE