Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कोरोना भाइरस सुरक्षा भत्ता : किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने !

१२ असोज 

काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिष्‌दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ। हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको आर्थिक अवस्था अनुकूल नहुनु रहेको जनाइएको छ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले बीबीसी नेपालीसँग कुरा गर्दै भने, ूहामीले नदिने भनेका छैनौँ, केही समय पर्खिनुहोस् भनेका छौँ। अहिलेको सङ्क्रमणका कारण सरकारसँग स्रोतको अभाव छ। यो स्थिति सहज भयो र सरकारको आर्थिक अवस्थामा सुधार भयो भने दिन्छौँ।

तीन अर्बभन्दा बढी माग

तीनवटै सुरक्षा निकायले भत्ता निकासा गर्न माग गर्दै तीन अर्ब रुपैयाँभन्दा बढीको विवरण अर्थ मन्त्रालयमा बुझाएका छन्।

उक्त भत्ताका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका ५० हजार र सशस्त्र प्रहरीका ३५ हजार सुरक्षाकर्मीलाई गरी झन्डै सवा दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ।नेपाली सेनाले पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि खटिएका सेनाका लागि ९६ करोड रुपैयाँ माग गरेको जनाएको छ।

जसको बारम्बार ताकेता गरिएको तर हालसम्म अर्थ मन्त्रालयले रकम निकासा नगरेको ती निकायहरूले जनाएका छन्।

सरकारको निर्णयमा उनीहरूको परिचालन अनुसार दैनिक ३ सयदेखि शत प्रतिशतसम्म भत्ता दिने उल्लेख छ।

मन्त्रिपरिषद्को गत वर्ष चैत्र १६ गतेको बैठकले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। विविसीबाट

 

WRITE COMMENTS FOR THIS ARTICLE