दैनिक २ सय मेगावाटसम्म विद्युत खेर गयो
१२ कात्तिक
काठमाडौं – दसैंमा विद्युतको माग कम हुँदा ठूलो मात्रामा बिजुली खेर गएको छ । दसैको बिदाका कारण विभिन्न कलकारखाना, व्यापारिक मल र संस्थाहरु बन्द रहेका कारण बिजुली खेर गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
नेपालमा अहिले केहि समयका लागि दैनिक करिब २ सय मेगावाटसम्म खेर गइरहेको प्राधिकरणले जनाएको छ ।
खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेपनि दीर्घकालीन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने प्राधिकरणको तयारी छ ।
प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ ।
त्यस्तै नेपालमै उत्पादन भएको विद्युतले खपत गर्न पुगिरहेकाले भारतबाट आयात गर्नुपर्ने अवस्था नरहेको समेत प्राधिकरणको दावी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE