प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत लिन संसद जानुपर्ने होइन र ?
प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत लिन संसद जानुपर्ने होइन र ?
१५ असार, काठमाडौं– संसद विघटन विरुद्धको जारी मुद्दाको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशे जबराले विश्वासको मत लिने जानकारी कहाँ गराउनुपर्ने हो भनी प्रश्न गरेका छन् ।
प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका हुन्।
सरकारी पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यो प्रश्न सोधेका हुन््।
पाण्डेयले बहस सुरु गर्दै धारा ७६(३) अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत पाउँदिनभन्ने लागेर विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीश जबराले, ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?’ भनेर पाण्डेलाई प्रश्न गरेका थिए ।
प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिए ।
प्रधानन्यायाधीश जबराको प्रश्नको प्रत्युत्तरमा पाण्डेयले ‘मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसदमा जानुपर्दैन, मेरो तर्क यसमा यही हो । विश्वासको मत प्राप्त नगर्ने कन्फर्म थियो । र विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसदमा पेश गर्नुपर्छ भन्ने व्यवस्था छैन । यो भएको भए पाउन र नपाउन पनि संसदमा जानुपर्दथ्यो । त्यसकारण विश्वासको मत नपाउन संसदमा गैरहन पर्दैन,’ भने ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE