Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जीतपुरबाट तौलिहवा जादै गरेको मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

लुम्बिनी – जीतप्रबाट तौलिहवा जादैँ गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्वजित यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डको कपिलवस्तु नगरपालिका–६, निगालिकोटमा आइतबार राति दुर्घटना भएको हो । जीतपुरबाट सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE