Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एमालेले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने

१९ आश्विन,काठमाडौं – आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक नेकपा (एमाले) ले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज बस्ने बैठकपनि आफूहरुले अवरोध गर्ने जनाउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। एमालेले माधव नेपालसहित १४ जना सासदलाई गरेको कारबाही सदर नगरेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा पनि नाराबाजी गर्दै आएका छन् ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE