भट्टराई र रामकुमारी झाँक्रीसहित ५ नेताले अझै बुझाएनन् स्पष्टीकरण
१० बैशाख,काठमाडौँ – नेकपा (एमाले)का नेता योगेश भट्टराई र रामकुमारी झाँक्रीसहित ५ जनाले अझै स्पष्टीकरण बुझाएका छैनन् । शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ५ नेताले स्पष्टीकरण नबुझाएको जानकारी दिइएको हो।
वैशाख ६ गते सोमबार बसेको बैठकले माधवकुमार नेपाल, झलनाथ खनालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिनभित्र र अरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो।
त्यसमध्ये धेरैले बिहीबार स्पष्टीकरण बुझाएका थिए। तर, भट्टराई, झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले अझै स्पष्टीकरण नबुझाएको एमालेका एक नेताले जानकारी दिनुभयो ।
स्पष्टीकरण दिएकामध्ये गणेश पहाडी र हिरा केसीले पार्टीको मुलधारमै लाग्ने प्रतिवद्धता जनाएको बताइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE