Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

९ वर्षीया बालिका बलात्कारको अभियोगमा दुईजना पक्राउ

१९ जेठ, काठमाडौँ – नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् ।

फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले देखेपछि इटहरी–३ सुनौलो बस्तीका दमाई भागेको प्रहरीले जनाएको छ । उनलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE