अमेरिकाको वासिङ्टनमा कोरोना खोप लगाउनेलाई उपहारमा एक खिल्ली गाँजा !
अमेरिकाको वासिङ्टनमा कोरोना खोप लगाउनेलाई उपहारमा एक खिल्ली गाँजा !
एजेन्सी- अमेरिकाको वासिङ्टन राज्यले कोभिड विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार दिने भएको छ । वासिङ्टन राज्यले खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम घोषणा गरेको हो ।
गएको सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ु राखिएको छ।
यो कार्यक्रम घोषणा भएपछि युवाहरु खोप लगाउन आउने आशा गरिएको छ । यो कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।
वासिङ्टनमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।
गत अप्रिलयता अमेरिकामा खोप लगाउने दर ओरालो लाग्दै गएको छ ।
खोप लगाउने क्रम ओरालो लागेपछि अन्य राज्यहरुले पनि यस्ता कार्यक्रम ल्याएका थिए । अमेरिकामा केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने, केहीले लाखौं डलरको चिठ्ठा राखेका थिए भने केहीमा गाँजा दिने कार्यक्रम नै राखिएको थियो ।
अमेरिकामा खोप लगाउने वातावरण मिलाउन राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE