Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सुनको भाउ तोलामा १६ सयले बढ्यो

१८ मंसिर
काठमाडौँ –
आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE