Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट समातिए

काठमाडौं –  गुण्डा नाइके राजेन्द्र  लामा कोटेश्वरबाट समातिएका छन् । काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने राजेन्द्र लामा समातिएका हुन्। उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई समातिएको हो । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यस अघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका एक नेतालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका उनले ३ वर्षे जेलजीवन बिताएका थिए ।

उनी कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा रहेका टोले गुण्डका रुपमा परिचित छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन भएकाले जनतालाई धम्क्याउने र दुस्ख दिने प्रहरीको निगरानीमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE