Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

झापाको कोइला फ्याक्ट्रीमा आगलागी

२० वैशाख, काठमाडौँ – झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।

विद्युत सर्ट भएर सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनु भयो।

आगो नियन्त्रणमा आएपछि घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले जनएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE