मनकामना दर्शनका लागि हिडेको बस नवलपुरमा दुर्घटना, २८ जना घाईते
नवलपरासी – पाल्पाको रामपुर हुगिबाट मनकामना दर्शनको लागि जादै गरेको बस नवलपुरको बुलिङ्गटार(२, डाडाझेरीको मथारमा दुर्घटना भएको छ ।
ना ६ ख ७५८० नं। को बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी बसमा सवार २८ जना सबै घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बस सडकबाट ५० मिटरतल खसेको र अहिले उद्धार कार्य भइरहेको र थप जानकारी आउने क्रममा रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE