त्रिभुवन विश्वविद्यालयका २३ जना शिक्षक, कर्मचारीहरुको कोरोनाका कारण मृत्यु
त्रिभुवन विश्वविद्यालयका २३ जना शिक्षक, कर्मचारीहरुको कोरोनाका कारण मृत्यु
१६ जेठ, काठमाडौं– कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ।
विश्वविद्यालयले आज एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको हो।
विश्वविद्यालयका २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षकको मृत्यु भएको छ। यस्तै प्रशासन तर्फ कार्यरत एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ ।
मृत्यु हुने प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत थिए।
विश्वविद्यालयले कोरोनाका कारण ७९ वटा शिक्षण इकाइहरूले पूर्ण रुपमा र ३० वटा निकायहरूले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको बताएको छ ।
साथै कोरोनाका कारण रोकिएका परीक्षाहरू पनि छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ।
अहिलेसम्म कोरोनाको पहिलो र दोस्रो लहरमा गरी विश्वविद्यालयका ६१६ शिक्षक, कर्मचारीहरु संक्रमित भइसकेको विज्ञप्तीमा उल्लेख छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE