Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड–नेपालले दोस्रो पुस्तालाई प्रधानमन्त्री छोड्नुपर्छः योगेश भट्टराई

२१ फागुन
काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेश भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनु भएको छ  । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना शुत्रबार  गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बतानु भएको हो ।

उहाँले भन्नुभयो, ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’ एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उहाँले बताउनु भयो  । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उहाँको जिकिर रहेको छ । प्रचण्ड–नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उहाँले बताउनु भयो  ।

‘नेकपा एकताको सम्भावना मरिसकेको छैन, कोमामा मात्रै पुगेको हो । कुसल डाक्टर पायो भने बचाउन सक्छन्’, नेता भट्टराईले भने, ‘सर्वप्रथम केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ, त्यसपछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पदमा आफू नजाने घोषणा गर्नुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE