अबको स्थानीय चुनावले ठूलो क्रमभंगता ल्याउने छ !
नेपालको राजनैतिक इतिहासमा एमाले अध्यक्ष केपी शर्मा ओली भर्सेस वर्तमान सत्ता गठबन्धन आफैमा रक्तहिन क्रान्ति हुने छ, तर यसले राजनैतिक निरन्तरता ठूलो क्रमभंगता ल्याउने छ (
१. केन्द्रको राजनैतिक ध्रुवीकरण जनस्तरमा पुग्दा दुई दलीय जस्तो हुने छ । भविष्यमा दुई दलीय व्यवस्था निर्माणमा यसले ठूलो भूमिका खेल्ने छ, तर तत्काल एउटा ध्रुवको नेतृत्व प्रम देउवा र अर्को ध्रुवको नेतृत्व विपक्षी नेता ओलीले गर्ने छ्न ।
२. केन्द्रको ध्रुवीकरण जनस्तरमा पुग्दा गठबन्धनले जस्ताको तस्तै रहने छैन । गठबन्धनको ठूलो मुद्दा केपी प्रवृत्ति मात्र हो, जो सबैको साझा हो । त्यसैले गुट र पार्टी परिवर्तनका संख्या ह्वात्तै बढ्ने छन । को कहाँ पुग्ने हो ठेगान लाग्ने छैन ।
३. आकार प्रकारमा गठबन्धनले ठूलो हुने आशा गरेको छ, त्यसलाई तत्काल त स्वीकार गर्न सकिएला, तर विशेष गरि नेका र माओवादीको आन्तरिक जीवन पद्धति र संगठनमा ठूलो क्षति ल्याउने छ । किनकि जनयुद्धको बेलाको कांग्रेस, माओवादी मनोविज्ञानका बाछिटाहरु अहिले पनि मेटिएका छैनन ।
४. निर्वाचनको परिणाम पछि गठबन्धन भित्रका साना ठूला दलहरुको वास्तविक मत एकीन गर्न सकिने छैन । करिब ३५ लाख थपिएका नयाँ मतदाताहरुको मनोविज्ञानमा अहिलेको राजनीति र नेतृत्वको प्रभाव प्रत्यक्ष पर्ने छ र जसले नयाँ जनमतको सृजना गर्ने छ ।
६. फरकफरक दलहरू वीच साझा उम्मेदवारी हुने भएकोले आउने परिणामपछि महिला अध्यक्ष र उपाध्यक्ष र प्रमुख र उप प्रमुखको सँख्या ह्वात्तै घट्ने छ । किनकि फरक दलमा बाध्यकारी व्यवस्था छैन । लैंगिक सशक्तीकरण ओझेलमा पर्ने छ ।
७. विपरीत विचारको र यथार्थ धरातलमा नटेकेको ध्रुवीकरण भएकोले अघोषित शीतयुद्धको बेला यसले भावी राजनीतिमा विचारको भन्दा गृहयुद्धको दुर्दशा निम्त्याउने देखिन्छ ।
८. एउटै पेपरमा ७ वटा मतपत्र र दर्ता भएका सबै दलको निर्वाचन चिन्ह हुने भएकोले गठबन्धनको कम्तीमा १० र १५ ५ मत बदर हुने देखिन्छ । यो गठबन्धनको निम्ति अनापेक्षाकृत क्षति हुने छ ।
९. भविष्यमा गठबन्धनको हिरो को हुने भन्ने विषयमा पूर्व नेकपा जस्तै बखेडा सुरु हुनेछ, कित विपरीत ध्रुवका पार्टीहरु एकीकृत हुनेछन र स्पष्ट ध्रुवीकरण हुनेछ ।
र, अन्त्यमा अहिलेको आर्थिक मन्दीलाई समाधान गर्न सकेनन भने देश ध्वस्त हुनेछ र कसैले लिजमा लिने छ ।
- गोरख सिंह
जाजरकोट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE