प्यावसन गण्डकी प्रदेश अधिबेशन : शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार
सीताराम थापा
बागलुङ गण्डकी प्रदेशको प्याब्सनको दोश्रो अधिबेशन बागलुङमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाको मुख्य अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार भन्ने मुल नाराका साथ सुरु गरिएको थियो । देशको समृद्धिको मुख्य आधारको जग शिक्षा भएकाले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न वर्तमान सरकार तयारी गरि रहेको अध्यक्ष तिमिल्सीनाले बताउनु भयो। दक्ष जनशक्ति र उच्च ब्यवस्थापन बिना देश बिकासको परिकल्पना गर्न असम्भव भएकाले देशको समृद्धिका लागि उत्पादन मुलक र ब्यवहारीक शिक्षा आवश्यक रहेको बताउँदै तिमिल्सीनाले यस्तोखाले शिक्षाका लगानी बृद्धि गर्न सरकार तयार रहेकोबताउनु भयो ।
उहाले सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरि नितिगत रुपमा शिक्षा क्षेत्रमा सबै खाले परिबर्तन गर्ने दिशनमा सरकार लागेको बताउनु भयो। गण्डकी प्रदेश स्तरिय बागलुङ शदरमुममा आयोजित निजी तथा आवसिय बिद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० गण्डकी प्रदेशको दोस्रो अधिवेसनको उद्घाट कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो । उहाँले शिक्षा क्षेत्रको बिकासका लागि निजी क्षेत्रको पनि उल्लेख्य भुमिका रहेकाले बिद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरका लागि सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
शिक्षा क्षेत्रमा पनि बिभिन्न खालका बिभेद, बिकृती र असहमती रहेकाले त्यसको न्युनिकरणका लागि सरकारले पहल थालनी गर्ने र शैक्षिक माफियाहरुलाई कारबाहीको दायरामा ल्याउनका लागि सवैले आवश्यक सहयोग गर्नुपर्नेमा तिमिल्सीनाको जोड रहेको थियो । अधिबेनले गण्डकि प्रदेश स्तरीय नयाँ नेतृत्व चयन समेत गर्ने आयोजक समितिले जनाएको छ। सरकारी तबरबाट प्रभाबकारी नीति बनाईएमा निजि क्षेत्रको माफियाबादलाई चुनौती सामाना हुने सरोकारवाला निकायहरुको बुझाई रहेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE