Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

२५ लाख रुपैयाँ बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

१७ आश्विन, काठमाडौं –काठमाडौंमा पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले एक जनालाई शनिबार राति पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो।

सर्लाही रामनगर गाउँपालिका वडा नम्बर-१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो। यादव कागेश्वरी मनोहरामा कवाडी पसल सञ्चालन गर्थे।

सोही गोदामबाट प्रहरीले ठूलो परिणाममा पटाका बरामद गरेको हो। प्रहरी उपरीक्षक कोइरालाका अनुसार गोदामबाट प्रहरीले दुई हजार १७ किलो पटाका बरामद गरेको हो।

पटकपटक गरी ल्याएर यादवले भण्डारण गरी राखेका थिए। हामीलाई आएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरी ल्यायौं, उहाँले भन्नुभयो।बरामद पटाका कम्तिमा पनि २५ लाख रुपैयाँ बराबर रहेको उहाँले बताउनुभयो।

यादवले काठमाडौंमा पटका भित्र्याउन ईटा बोक्ने ट्रकको प्रयोग गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले बताउनुभयो। उसले डिपो पनि सञ्चालन गर्ने रहेछ। उताबाट ईटा बोक्ने ट्रकमा लुकाएर ल्यायो अनि आफ्नो कवाडीको गोदाममा लुकाएर राख्यो उहाँले भन्नुभयो।

उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE