Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

अवैध लागूऔषधसहित दुई पक्राउ, दुई जना फरार

अवैध लागूऔषधसहित दुई पक्राउ, दुई जना फरार

२२ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषध गाँजासहित सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बराहक्षेत्र नगरपालिका–८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा र १ थान नक्कली पेस्तोल सहित २ जनालाई सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका–७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेको प्रहरीले जनाएको छ ।

चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको सूचना पाएपछ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ च ११२ नम्बरको भ्यान र को.२ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोल सहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको हो।

भ्यान चालक र मोटरसाइकल सवार १ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE