(एमसीसी) परिमार्जनबिना पास गर्न नहुने प्रस्ताव, स्थायी कमिटी बैठकमा लैजाँदै भीम रावल
भदौ २६, काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने अडान लिएका छन्। पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा समेत रावलले यसबारेमा छलफलको लागि प्रस्ताव लैजाने भएका छन्।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधान देशको हितमा नभएको भन्दै ती प्रावधान परिमार्जन गरेरमात्रै अघि बढ्नुपर्ने बताए।
यही विषय पार्टीको आज बस्ने बैठकमा समेत प्रस्तावको रुपमा लैजाने उनले जनाए। एमसीसी पारित गर्ने तयारी भैरहेको भन्दै रावलले यसअघिदेखि नै विरोध जनाउँदै आएका छन्।
अहिले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसम्मलाई भेटिसकेकी छिन् ।
एमसीसीबारे नेपालका दलहरुले साझा धारणा बनाउनुपर्ने आवाजसमेत उठेको छ। कतिपय संघ तथा संस्थाहरु भने एमसीसी खारेजीको माग गर्दै विरोध तथा प्रदर्शनमा समेत उत्रिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE