Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनु पर्थ्यो : रावल

१६ फागुन
काठमाडौं-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गर्नुृ भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उहाँको  टिप्पणी छ।

आइतबार रिपोर्टर्स क्लबमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको बताउनु भयो । उहाँले भन्नु भयो  ,‘अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भैसकेको छ। तर उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने पनि सुनाए। रावलले भने, ‘हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं।’ ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको आरोप छ।

रावलले अब को प्रधानमन्त्री हुन्छ भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए। प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता सम्भव नभएको रावलको भनाइ छ।

त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौँ भनेर नभनेको सुनाउँदै रावलले भने, ‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौँ भनेर दाबी गर्नुभएको छैन। सहमतिबाट जो पनि बन्ने भयो। संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ।’

उहाँले  एमससीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पाख्नुभयो । त्यस्तै, नेकपा, कांग्रेस र जसपा मिलेर भारतलाई पनि अनुकुल हुने सरकार बनाउने कुरा प्रचण्डले गर्नुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा रावलले भने,‘सबै दलहरु मिलेर गयौं भने लोकतान्त्रिक प्रणाली पनि अगाडि बढ्छ। भारत र चीनसँग सम्बन्ध राम्रो हुन्छ भन्नुभएको हो।’

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दा पनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो। यो त उहाँले लल्कार्ने काम हो।’

WRITE COMMENTS FOR THIS ARTICLE