प्रधानमन्त्री देउवाले भने प्रजातन्त्र विरुद्ध सपना नदेखे हुन्छ
२५ आश्विन, पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताउनुभएको छ। आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उहाँले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराउनुभयो।
‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’ देउवाले भन्नुभयो, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन ।’
प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको नाम सबैले लिन्छन् । जनताले भोटमा देखाइहाल्छन् नि ।’
गण्डकी प्रदेश साक्षर घोषण गरे पनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले पूर्ण रुपमा संघीयता कार्यान्वयन बाँकी नै रहेको बताउनुभयो । उहाँले शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने बताउनुभयो ।
नेपालमा करोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको प्रधानमन्त्री देउवाले दावी गर्नुभयो। खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको देउवाले दावी गर्नुभयो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE