भारतले मिसाइल आक्रमणका लागि अमेरिकी डाटा प्रयोग गर्न पाउने
११ कात्तिक
नयाँ दिल्ली – अब भारतले मिसाइल आक्रमणको लागि विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको छ । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीबीचको बैठकमा बेसिक एक्सचेन्ज एण्ड को(अपरेशन एग्रिमेन्ट ९बेका० पूरा भएसँगै मिसाइल आक्रमणको लागि भारतले विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको हो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर उक्त बैठकका लागि सोमबार ९हाजो० दिल्ली आएका थिए । उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग वार्ता गरेर उक्त सहमति गरेका हुन् ।
उक्त सम्झौतालाई चीनको लागि ठूलो रणनैतिक चुनौतीको रुपमा हेरिएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भने बैठकमा दुवै देशको रणनैतिक सम्बनध बलियो बनाउनेबारे छलफल भएका जानकारी गराए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE