Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

हार्मोनियम उपचारका डाक्टर ‘विमल साह’

मनिष रन्जन बराल
पछिल्लो समयमा नेपाली गीत संगीत पनि व्यवसयिक बन्न थालेको छ । गीत संगीतलाई व्यवसायिक बनाउनका लागि अभ्यासको जरुरत पर्दछ । अभ्यास गर्दा गायकले आफ्नो सुर, नोट थाहा पाउनु पहिलो आवश्यकता पर्दछ । त्यसका लागि उसलाई हार्मोनियम, किवोर्डको आवश्यकता पर्दछ । संगीत अभ्यासको लागि किर्वोड भन्दा पनि हार्मोनियम अति राम्रो बाध्ययन्त्र हो ।

त्यसैले पछिल्लो समयमा नेपाली गीत संगीतको अभ्यासमा हार्मोनियमको प्रयोग गरेर संगीत साधना गर्नेको संख्या दिन प्रति दिन बढिरहेको छ । हार्मोनियम किन्ने पसलहरु त बजारमा खुलेको देखिन्छ तर हार्मोनियम मर्मत गर्ने ठाउँ भने कमै मात्रामा भेटाउन सकिन्छ ।

काठमाडौँको असनमा एक छत्र आफ्नो अधिपत्य जमाएका हरेराम रुपनारायणको नाम भने गीत संगीतमा अभ्यास गर्नेहरुको लागि नयाँ होइन ।पछिल्लो समयमा हार्मोनियम मर्मत वा ट्युनिङ प्रणालीलाई डिजिटल प्रणालीमा लैजान सक्ने एक अर्को पछिल्लो समयमा गीत संगीतको क्षेत्रमा परिचत नाम हो, विमल साह ।

नेपालमा प्रयोग हुने हार्मोनियम विदेशबाट ल्याइन्छ । विशेष गरेर भारतबाट नेपाल आउने गर्दछ । अहिले सम्म नेपालको आफ्नै ब्राण्ड कम्पनीको हार्मोनियम कम्पनी नभएको अवस्थामा पहिलो विमल कम्पनी ब्राण्डको हार्मोनियम बजारमा ल्याउने श्रेय पनि विमलले पाएका छन् ।

सर्लाहीको ईश्वरपुरमा जन्मिएका विमल विगतमा १५ वर्षसम्म असनस्थित आफ्नै भिनाजुको हारमोनी पसलमा काम गरेपछि यही क्षेत्रमा लाग्ने प्रेरणा जागेपछि विमलले ट्युनिङ र मर्मत सम्बन्धी स्पेशल कोर्स भारतको कलकत्तामा गएर चार बर्ष बिताए ।

उनले उदितनारायण, दिपा नारायण, सोनु निगम, कुमार सानु नेपाल आउँदा हारमोनीको ट्युनिङ गर्नुका साथै प्रसिद्ध भोजपुरी गायक हिरो पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायत नेपालका प्रसिद्ध गायक – गायिकाहरु तथा सङ्गीतकार शम्भूजीत बासकोटा, दीप श्रेष्ठ, कुन्ति मोक्तान, टिका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल,सङ्गीत प्रशिक्षणका लागि नेपालमै सर्वाधिक ख्याति भएका चन्दन कुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डी प्रसाद काफ्ले लगायतका सङ्गीत गुरुहरुलाई हारमोनी ट्युनिङ गरेर खुशी पार्न सफल भएको विमल बताउँछन् ।

मान्छेले व्यवसायिक सफलता हासिल गर्न धेरै कुराको पछि दगुर्नु पर्दैन, एउटै विषयमा विशिष्टता हासिल गर्न सक्यो भने जीवनमा अवसरका प्रशस्तै ढोकाहरु खुल्छन् भन्ने एउटा ज्वलन्त उदाहरणको पात्र बनेका छन्, विमल साह ।

उनी हार्मोनियमका डाक्टर हुन् उनले हार्मोनियमको चिरफार,औषधि, उपचार हरेक किसिमका मर्मत उपचार विधि अपनाएर आफ्ना भगवान रुपी गीत संगीतका साधकहरुको मन खुशी पारेका छन् उनी एक प्रख्यात आमोनियम ट्युनरको रुपमा प्रख्यात छन् । हार्मोनियमका मर्मतकर्ता (मेकानिक) को रुपमा ख्याती कमाएका विमलले नयाँ तथा पुराना बाजाहरुको बिक्री समेत गर्दै आएका उनले काठमाडौँ सिनामंगल, ताराहल चोकस्थित ‘श्री पशुपतिनाथ हारमोनियम मर्मत तथा बिक्री केन्द्र’ संचालन गरेका छन् ।

विमल हरेकदिन हारमोनी मर्मत तथा ट्युनिङ मिलाउनका लागि काठमाडौँ एउटा कुनाबाट अर्को कुना कुदिरहेका हुन्छन् सजिलै बोकेर हिंड्न नसकिने बाजा भएकोले उनले होम सर्भिस दिने गरेका छन् रेकर्डिङ स्टुडियो, सङ्गीत विद्यालय, मठ – मन्दिर, भजन मण्डली, निजी विद्यालय र घरघरमा गएर आफ्ना ग्राहकलाई सेवा दिनु उनको दैनिकी बनेको छ ।

विमल उपतयका भित्र मात्रै सिमित नरहेर उपत्यकाबाहिर पनि उनले सेवा दिने गरेका छन् । हरेक तीन महिनामा पोखरा, विराटनगर, नारायणगढ, दोलखाको चरिकोट, दाङको तुलसीपुर, धनगढी, सुर्खेतको वीरेन्द्रनगर, पर्वतको कुस्मालगायतका ठाउँ सम्म पनि आफ्नो सेवा दिंदै आएका छन् । त्यसबाहेक राष्ट्रिय नाचघर, म्युजिक नेपाल, नेपाल आइडल, भ्वाइस अफ नेपाल, आइएमई लोक स्टार लगायतका कार्यक्रमको तयारीका लागि पनि ट्युनिङ मास्टरका रुपमा विमल नै रोजाइमा परेका हुन्छन् ।

उनको सेवा नेपालमा मात्र सीमित छैन उनले ट्युनिङ गरेका हारमोनी अमेरिका, जापान, पाकिस्तान, हङकङ, भारत, दुबई, कतार, साउदी अरेबिया, बङ्गलादेश, अष्ट्रेलिया, भूटान, मलेशिया, सिङ्गापुर, चीन, कोरिया लगायतका देशमा समेत पुगेका छन् ।हार्मोनियम ट्युनिङ कति समयमा गर्नु पर्छ भन्ने जिज्ञासामा ‘हारमोनी डेढ दुई बर्षमा मर्मत गरेपनि हुन्छ तर ट्युनिङ भने अवस्था हेरेर गरिरहनु पर्छ। ‘ट्युनिङ भनेकै हारमोनीको सुर हो। खासगरी साधना गर्ने व्यक्ति, क्लासिकल शैलीका गजल, भजन र राग गाउनेहरुले हारमोनीको सुर ठीक छ कि छैन भन्ने कुरामा संधैं सचेत रहनु पर्दछ’ उनी भन्छन् ।

अहिले नेपालमा हजुरको पेशाको कस्तो भन्ने प्रश्नको उत्तर दिंदै ‘नेपाली म्युजिकमा पनि भविष्य राम्रो हुँदै गएको र यसैका कारण आफ्नो पेशा भर पर्दो र सुरक्षित बन्दै गइरहेको विमल भन्छन् । उनले आफ्नो सेवा विस्तारलाई भविष्यमा अझै प्रभावकारी र छिटो छरितो रुपमा अगाडी बढाउँदै लैजाने बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: