पार्टी एकता कायम राख्न सबैले कोशिस गरौं : भट्टराई
१३ चैत
काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोशिस गर्नुपर्ने बताउनु भएको छ । बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गर्नु भएको हो ।
‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ।’भट्टराईले ट्वीटरमा लेख्नु भएको छ ।,‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’
भट्टराईले २०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट मदन भण्डारीले २७ बुँदे फरक मत प्रेसित गरेको स्मरण गरेका छन् । आज तिनै विषयमा सार्वजनिक बहसमा भएको बताउँदै उनले कतिपयका धारणा २७ बुँदेको विपरित देखिएकाले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्नखोज्नु भएको हो रु भन्दै प्रश्न गरेका छन्।
सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’( माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधव कुमार नेपाल(झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्।
पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। माधवकुमार नेपालले स्पष्टीकरणमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै उल्टै आरोप लगाएका छन्। महाधिवेशन आयोजक समिति अवैधानिक किसिमले गठन गरिएको आरोप नेपालको छ। नेपालले आफू होइन, अध्यक्ष ओलीले नै नेपाली जनता र एमाले पंक्तिलाई धेरै विषयमा स्पष्टीकरण दिनुपर्ने उल्लेख गरेका छन्। जसले गर्दा पार्टी भित्र थप संकट उत्पन्न भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE