Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मिलिजुली परिवारको शुभकामना आदनप्रदान तथा मित्रमिलन कार्यक्रम सप्पन्न

काठमाडौं । गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले नयाँ  वर्ष २०८१ को अबसरमा शुभकामना आदनप्रदान तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भक्तपुरको सल्लाघारीमा एक समारोहको आयोजना गरी  सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने समाजसेवीहरुलाइ सम्मान गर्दै शुभकामना आदनप्रदन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि स्नेही काखका अध्यक्ष श्रीनेहा पोखरेल, मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा, गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, अन्तर्राष्ट्रिय जेसिसका पुर्व भ्वाइस प्रेसिडेन्ट अनुपमान सैंजु, कोशेली छालाजुत्ता उद्योगका संचालक रबिन कुमार श्रेष्ठ, नेपाली हर्ट ग्रुपमा काठमाडौ अध्यक्ष कृष्ण केसि, सन्जय श्रेष्ठ र  उत्तमराज लामा लगायत समाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा शुभकामना दिदै स्नेहि  काखका अध्यक्ष श्रीनेहा पोखरेलले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले लामो समय देखि बालबालिकाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको भन्दै उच्च प्रशंसा गर्नु भएको थियो । त्यस्तै, मिलिजुली परिवारमा आवद्व भएर लामो समयदेखी निरन्तर सकृय रुपमा काम गर्दै आउनु भएका  मिलिजुली परिवारका उपाध्यक्ष सुमन थापालाइ सम्मान गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्नेलाई निरन्तर सम्मान गर्दै जाने संरक्षक रारा सैंजुले बताउनु भयो । कार्यक्रममा  झण्डै १५० जना सहभागीता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE