Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमसीसी विरुद्ध प्रर्दशन : काठमाडौँका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त

८ फागुन, काठमाडौँ – काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयोग एमसीसीको विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । साथै यातायात आवतजावत अस्तव्यस्त भएको हो । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त भएको छ । अहिले तीनकुने–माइतीघर सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ ।

महानगरीय प्रहरी महाशाखाका अनुसार नयाँ बानेश्वरतर्फ जाने–आउने गाडीलाई गैरीगाउँ, तीनकुने, पुरानो बानेश्वर, न्यु प्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण चालकलाई अरू नै वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । डाइभर्सनका कारण उपत्यकाको अरू ठाउँमा चाप झन् बढेको छ ।

माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा गाडी चापमा चलिरहेका छन् । मीन भवन क्याम्पस गेट, नयाँ बानेश्वरको पानी ट्याङ्की, एभरेस्ट होटल आसपासका क्षेत्रलाई भने निषेधित क्षेत्र तोकेर प्रहरीले विरोध प्रदर्शन नगर्न भनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE