Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

कान्तिबाल अस्पतालमा जनशक्तिको अभाव

काठमाडौँ – राजधानी काठमाडौंमा रहेको कान्ति बाल अस्पतालमा जनशक्तिकै अभाव छ । उपकरण पर्याप्त छैन, भएका पनि काम नलाग्ने अवस्थामा रहेको  छ । नेपालकै पहिलो केन्द्रीय बाल अस्पताल ५७ वर्ष पुगेको छ । तर, सेवामा सहजता नहुँदा सर्वसाधारणको पीडा कम्ति छैन ।

कुल जनसंख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकाको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, कान्ति बाल अस्पतालले । तर, सरकारी वेवास्ता यहाँ पनि देखिन्छ । आवश्यक जनशक्तिको अभाव मात्र होइन, पर्याप्त उपकरण पनि यहाँ छैन । ११ बर्ष देखि चिकित्सक र नर्सको अभाव छ । ३९ जना मेडिकल अधिकृतको दरबन्दी मा ४ जना कार्यरत छन् ।  हाल शल्य चिकित्सक कै अभाबले शल्यक्रियाका लागि ६ देखी १ बर्षसम्म कुर्नु पर्छ । नर्सको अभाबले ५२ जनासम्म बिरामी बच्चा एउटा नर्सले हेर्नु पर्ने बाध्यता रहेको छ ।

५२ शैयाको आइसीयु भएपनि जनशक्ति अभाबले ३७ शैयामात्र सञ्चालनमा छ । दैनिक १० जना जत्ति बालबालिका कान्तिबाट आइसीयु नपाएर निजिमा महँगो शुल्क तिर्न बाध्य छन् । अस्पतालको समस्या समाधान तर्फ कसैको ध्यान पुग्न नसकेको अस्पतालका कर्मचारी गुनासो गर्छन् । समस्याको समाधान गर्ने स्वास्थ्य मन्त्रालय नै कान्तिमा देखिएको समस्या सुनाउँछ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अस्पतालमा ठूलै समस्या रहेको बताउँछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE