Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

भारत नेपालमा संवैधानिक शासनका पक्षमा उभिनु पर्छ : रञ्जित रे

१० जेठ, काठमाडौँ – नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा भारत संविधानका पक्षमा उभिउनु पर्ने बताउनु भएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको रेको लेखमा उहाँले पछिल्लो समय भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र अलोकप्रिय सरकारको समर्थन गरिरहेको भन्ने धेरैलाई लागेको उल्लेख गर्नुभएको छ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई गरेको समर्थनले पनि ओलीलाई नयाँदिल्लीको समर्थन रहेको देखिएको रेले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुन कोरोना महामारीका कारणले कठिन रहेकाले चुनाव नभएपछि नेपाल गहिरो संवैधानकि संकट फस्ने रेको विचार रहेको छ।

“भारतले सार्वजनिक रूपमा संवैधानिक शासनका पक्षमा उभिएको कुरा राख्नुपर्छ। कुनै एक पक्षीय नभई ओलीदेखि विपक्षी राजनीतिक  शक्तिसँग पनि राजनीतिक सम्पर्क जारी राख्नुपर्छ”, रेले लेख्नुभएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE